Like us!
Follow us!
Connect us!
Watch us!

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १३ : ०५ मा प्रकाशित

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । संसद्‍‍मा सांसद सोबिता गौतमले सोधेको प्रश्नको जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् ।

सांसद गौतमको प्रश्न छ– कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईंलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’  जवाफमा गृहमन्त्री लेखक लेख्छन्, ‘गृह मन्त्रालय र अन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित रहेर निस्पक्षमूलकढंगबाट अनुसन्धान गर्ने गरी परिचालन गरिएको छ । त्यसैले प्रस्तुत अपराधमा सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको छ ।’

१० साउन २०७५ मा कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । अझैसम्म यो विषयको वास्तविकता थाहा लाग्न सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको