सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको आयोगमा विभिन्न मन्त्रालय तथा निकायका प्रमुख प्रतिनिधिहरू समावेश गरिएका छन्।
१५ सदस्यीय सुशासन आयोग गठन
प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिएको यो आयोगमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, कानुनमन्त्री अजयकुमार चौरसिया, लोकसेवा आयोग, नीति आयोग, योजना आयोगका प्रतिनिधि र निजी क्षेत्रका एक जना प्रतिनिधिको सहभागिता रहनेछ।
बैठकले सचिव अर्जुन पोखरेलको अवकाशपछि रिक्त रहेको पदमा सहसचिव नीलम पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत पौडेल वरिष्ठताको आधारमा अगाडि रहेकी थिइन्। बढुवा समितिको सिफारिसमा तीनजना सहसचिवमध्येबाट उनको नाम अनुमोदन गरिएको हो।
यस्तै बैठकले कोसी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई सिंहदरबार फिर्ता गरी भूमि व्यवस्था मन्त्रालयको सचिवमा सरुवा गरेको छ। शर्मा करीब एक वर्षपछि केन्द्र फिर्ता भएका हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस