Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षा मन्त्रालयको बागडोर पन्तको हातमा, घिसिङको पक्षमा बोल्ने तामाङ पदमुक्त

अर्थ संसार

बुधबार, १० बैशाख २०८२, २० : ५६ मा प्रकाशित

शिक्षा मन्त्रालयको बागडोर पन्तको हातमा, घिसिङको पक्षमा बोल्ने तामाङ पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रघुजी पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। पूर्वमन्त्री विद्या भट्टराइले स्वास्थ्यको कारण देखाउँदै वैशाख ८ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त थियो।

पन्तको शपथग्रहण बिहीबारको कार्यतालिकाअनुसार तय गरिएको छ। आन्दोलनरत शिक्षकको समस्या समाधानमा प्रधानमन्त्रीकै पार्टीकी भट्टराईलाई सहयोग नपुगेको भन्दै उनी पदबाट अलग भएकी थिइन्। प्रधानमन्त्री ओलीले भने भट्टराईको राजीनामा स्वास्थ्यसम्बन्धी कारणले भएको भन्दै मिडियाले अनावश्यक विवाद सिर्जना गरेको दाबी गरेका छन्।

वामपन्थी पत्रकारिता हुँदै राजनीतिमा सक्रिय भएका रघुजी पन्तको मन्त्री पदमा पुनः प्रवेशले पार्टीभित्र नयाँ सन्देश दिएको छ।

यसैबीच, ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री ओलीले बुधवार पदमुक्त गरेका छन्। सत्तारूढ दल नेपाली कांग्रेसबाट राज्यमन्त्री बनेका तामाङले न राजीनामा दिए न नेतृत्वको आग्रह मानेपछि प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका हुन्।

तामाङले नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङको बर्खास्तीको विरोधमा आवाज उठाउँदै आएका थिए। उनलाई बर्खास्त गरिएको सूचना आफ्नै पार्टीका सांसद तथा गृहमन्त्री रमेश लेखकबाट प्राप्त भएको जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको