नेको इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ। यसका लागि आवेदन दिने समय भोलि वैशाख १२ गतेदेखि सुरु हुँदैछ।
कम्पनीले यसअघि फागुन ८ देखि चैत १४ गतेसम्म २५% हकप्रद सेयर निष्कासन गर्दा अधिकांश सेयर लगानीकर्ताले खरिद गरिसकेका थिए। तर बाँकी बचेका २ लाख २५ हजार २६१.३५ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो।
संस्थापक समूहका: ४३,७७९.५२ कित्ता
सर्वसाधारण समूहका: १,८१,४८१.८३ कित्ता
जम्मा लिलामी हुने: २,२५,२६१.३५ कित्ता
आवेदन खुल्ने मिति: वैशाख १२
अन्तिम मिति: वैशाख २१
१०० रुपैयाँ अंकित दरमा जारी गरिएको यो सेयर खरिद गर्न चाहने व्यक्ति, कम्पनी वा संघसंस्थाले गोप्य शिलबन्दीमा आफूले तिर्न तयार भएको मूल्यसहित आवेदन दिनुपर्नेछ।
संस्थापक समूहका लागि: न्यूनतम १००० कित्ता
सर्वसाधारण समूहका लागि: न्यूनतम १०० कित्ता
अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सकिन्छ।
सानिमा क्यापिटल
नेको इन्स्योरेन्सका सबै शाखा कार्यालयहरू
त्यहाँबाटै बोलपत्र फारम पनि लिन सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस