बुधबार दिउँसो टर्कीको प्रमुख सहर इस्तानबुललाई केन्द्रविन्दु मानी एक शक्तिशाली भूकम्पले हल्लाएको छ। स्थानीय समय अनुसार दिउँसो १२:४९ बजे आएको ६.२ म्याग्निच्युडको यो भूकम्पको केन्द्र इस्तानबुलबाट ४० किलोमिटर दक्षिणपश्चिम, मरमारा समुद्रभित्रको क्षेत्र रहेको बताइएको छ। भूकम्प १० किलोमिटर गहिराइमा उत्पन्न भएको थियो।
टर्कीको आपतकालीन व्यवस्थापन निकाय AFAD का अनुसार, भूकम्पपछि १५० भन्दा बढी मानिस घाइते भएका छन्। अधिकांश घाइतेहरू भवन खाली गर्ने क्रममा भागदौडका कारण लडेका वा आतंकित भएर सन्तुलन गुमाएका थिए। यद्यपि, अहिलेसम्म ठूलो संरचनात्मक क्षति भएको रिपोर्ट भने आएको छैन।

प्रत्यक्ष प्रसारणमा देखियो कम्पन
भूकम्पको समयमा CNN Turk को स्टुडियोमा प्रत्यक्ष अन्तर्वार्ता चलिरहेको थियो। समाचार वाचिका मेल्टेम बोज़बेयओग्लु उक्त समयमा प्रशारणमा थिइन्। जब स्टुडियो हल्लिन थाल्यो, उनले संयम गुमाइनन्। क्यामेरा हल्लिँदै गर्दा उनले टेबल समाउँदै भने —
“एकदमै शक्तिशाली भूकम्प आइरहेको छ। इस्तानबुलमा धेरै बलियो कम्पन महसुस भइरहेको छ।”
उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। दर्शकहरूले उनको शान्तता, व्यावसायिकता र धैर्य को खुलेर प्रशंसा गरेका छन्। एक प्रयोगकर्ताले लेखे —
“उहाँ डराएर भाग्नु भएन, स्टुडियोमै टिकिरहनुभयो – सलाम!”
मुख्य भूकम्पपछि ५० भन्दा बढी पराकम्प महसुस गरिएको AFAD ले जानकारी दिएको छ। तीमध्ये सबैभन्दा ठूलो कम्पन ५.९ म्याग्निच्युडको थियो।
भूकम्पपछि सरकार र स्थानीय प्रशासनले विभिन्न सतर्कता अपनाएका छन्।
Financial Times का अनुसार, भूगर्भशास्त्रीहरूले यो भूकम्पले क्षेत्रका फाल्टलाइनहरूमा तनाव थपिएको भन्दै भविष्यमा अझ ठूलो भूकम्पको सम्भावनाबारे चेतावनी दिएका छन्। इस्तानबुल भूकम्पीय जोखिमको उच्च क्षेत्रमा पर्ने भएकाले सतर्कता र पूर्वतयारी आवश्यक छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस