Like us!
Follow us!
Connect us!
Watch us!

आलोचना सत्य,तथ्यमा आधारित हुनुपर्छ, समाजलाई भाँड्ने खालको होइन - प्रधानमन्त्री

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, १४ : ४६ मा प्रकाशित

आलोचना सत्य,तथ्यमा आधारित हुनुपर्छ, समाजलाई भाँड्ने खालको होइन - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विपतमा जस्तै सुशासन र विकासका काममा पनि राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् ।  शुक्रबार महाभूकम्प गएको स्मरणमा काठमाडौँको धरहरामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।’

उनले ०७२ को भूकम्प जाँदाको परिस्थिति संविधान निर्माणको कामको अन्तिमतिर भएको स्मरण गरे। उनले भने, ‘हामीसँग अत्यन्तै तितो अनुभव थियो । एउटा संविधानसभा चार वर्षको कार्यकाल पूरा गरेर संविधान दिन असफल भएर टुंगिएको थियो । धेरै मेहनत र धेरै कठिनाइ पार गर्दै र धेरै व्यवधानहरू पन्छाएर हामी संविधान निर्माण गर्न हामी अन्तिम चरणतिर दृढ संकल्पका साथ गएका थियौँ । भूकम्प त्यसैबेला गयो ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको