प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन्।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’
प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गरे। उनले संभव मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै वार्तामा आएर सहमति गरी कार्यस्थलमा फर्किन आग्रह गरे।
प्रधानमन्त्री ओलीले भने,‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन। सम्भव मागहरु सबै पूरा गर्छ,उहाँहरू तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्। सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।औपचारिक वार्तै गर्नुहुन्न भन्ने अनौठो सुनेको छु मैले। आन्दोलन गर्ने वार्ता नगर्ने, के भनेको त्यो ? वार्तामा आउनुस्, कुरा गर्नुस्, संभव कुरा सरकारले गरिदिन्छ।’
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन्। उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस