Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षामन्त्रीको राजीनामाबारे शिशिरको टिप्पणी - ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, १० : ३८ मा प्रकाशित

शिक्षामन्त्रीको राजीनामाबारे शिशिरको टिप्पणी  - ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजियो

पूर्व शिक्षामन्त्रीसमेत रहेका रास्वपा सांसद शिशिर खनालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे बोल्दै  शिक्षामन्त्रीलाई ‘बलिको बोको’ बनाइएको टिप्पणी गरेका छन् ।

खनालका अनुसार आन्दोलनरत शिक्षकहरूको माग धेरै माग शिक्षा मन्त्रालय वा शिक्षामन्त्रीले मात्र पूरा गर्न नसक्ने खालका रहेको जिकिर गरेका छन् ।

शिक्षक, कर्मचारीहरूको धेरै विषय आर्थिक पक्षसँग जोडिएको उनको भनाई छ । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अर्थ मन्त्रालय र प्रधानमन्त्रीको सहयोग बिना सम्भव नै छैन । तीनै मन्त्रालय एउटै पार्टीका छन् तर अहिले हेर्दा ‘बलिको बोको’ शिक्षामन्त्रीलाई बनाइँदै छ ।’ 

प्रधानमन्त्रीसँग छलफल गरेर गएर पनि शिक्षक आश्वस्त हुन नसकेपछि आन्दोलन गरिरहेको उनको जिकिर छ । उनी लेख्छन्, ‘ड्राइभरको असफलताको भारी खलासीलाई बोकाउन खोजेको जस्तो भयो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको