शेयर बजारलाई नेपालमा अनुत्पादक क्षेत्रकै रुपमा लिने गरिएको देखिन्छ । खासगरी राजनैतिक नेतृत्वमा शेयर बजारको बारेमा तथ्यगत ज्ञानको अभाव हुने र उक्त नेतृत्व नीति निर्णायक तहमा पुग्दा शेयर बजारप्रतीको व्यवहार सोही अनुरुप नहुने गरेको पाइन्छ ।
जसले गर्दा नेपालमा शेयर बजारको विकास यथोचित रुपमा हुन सकिरहेको छैन । निर्णायक तहबाट नै अग्रसरता नभएसम्म शेयर बजारको विकास विस्तार र विविधीकरण असम्भव छ ।
खासगरी नेपालको कम्युनिस्ट राजनैतिक पङतीमा शेयर बजार प्रतिको भ्रम बढी हुनेगरेको छ । तत्कालीन माओवादीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुदा शेयर बजारलाई जुँवा घरको सङज्ञा दिए सङै बजार झन्डै दुर्घटनाको अबस्थामा पुगेको थियो । बाबुरामको उक्त अभिव्यक्तिले लगानीकर्ताको मनोबिज्ञानमा नराम्रो असर परेको थियो ।
पछिल्लो समय वाम गठबन्धनको मनोवैज्ञानिक असर पनि पुँजी बजारमा देखियो । यद्यपि वामपन्थी नेताहरूबाट लगानीकर्तालाइ आश्वस्त पार्ने काम भने भएको छ । शेयर बजारको कारोबारको प्रकृति अन्य क्षेत्रको भन्दा फरक हुन्छ ।
यसको मूल्य निर्धारणमा सुचिकृत सस्था तथा कम्पनीको वित्तीय सूचकहरुको अलावा लगानीकर्ताहरुको मनोविज्ञानले पनि भुमिका खेल्ने गर्छ । शेयर बजारको कारोबार सम्पुर्ण रुपमा तथ्यगत र क्याल्कुलेटरले हिसाबकिताब गरे जस्तो पनि नहुन सक्छ ।
किनकी शेयर बजारको प्रकृति नै ‘बिजनेश अफ रिस्क’हो । सूचनालाई मूल्यमा बदल्न सक्ने व्यक्ति नै यसमा सफल हुने गरेका छन् । मूल्य निर्धारणमा लगानीकर्ता मनोविज्ञानले केही भुमिका खेल्ने हुदा बजार कुनै बेला तथ्यगत र न्यायोचित नहुन सक्छ । तर यसलाइ सम्पूर्णरुपमा अनुत्पादक क्षेत्रको रुपमा लिइनु गलत छ । किनभने सेयर बजारले पूँजी निर्माणमा एउटा बास्केटकै रुपमा काम गरेको छ ।
नेपालमा अधिकांश बैक तथा वित्तीय सस्थाहरु सेयर बजारमा सूचीकृत भै आफ्नो व्यवसाय गरिरहेका छन् । ती कम्पनीले आफ्नो पुँजी शेयर बजारकै माध्यमबाट संचित गरिरहेका छन् ।
पछिल्लो समयको पूँजी वृद्धि योजनालाई कार्यान्वयन गर्न धेरै सस्थाहरुले शेयर बजारकै साथ लिइरहेका छन् । उनीहरु हकप्रद , एफपिओ जारी गरि आफ्नो पुँजी बढाइरहेका छ्न ।
बैक तथा बित्तीय सस्थाहरुले शेयर बजार मार्फत आफुले बढाएको पूँजी अन्य उत्पादनशिल क्षेत्र ,उद्योग धन्दा, हाइड्रो लगायतका विकास आयोजनामा गरिरहेका छन् । यसले समग्र रुपमा अर्थतन्त्रलाई ठूलो टेवा मिलेको छ । त्यस्तै शेयर बजारबाट ठूलो मात्रामा पुँजीगत लाभकर सरकारको ढुकुटीमा जम्मा भैरहेको छ ।
उदाहरणको लागि अहिले केहि शेयर बजारमा सुचिकृत भएका जलविद्युत् कम्पनीले नया परियोजना संचालनको लागि आवश्यक पुँजी हकप्रद सेयर मार्फत सङकलन गरिरहेका छ्न । उक्त हकप्रद पाउनकै लागि लगानीकर्ता ती कम्पनीको शेयर खरिद गर्न आकर्षित भैरहेका छ्न ।
शेयर बजारको माध्यमबाट सङकलन भएको पुँजी हाइड्रोमा लगानी भएर जलविद्युत उत्पादन हुदा शेयर बजार कसरी अनुत्पादक क्षेत्र हुन्छ ? एउटा बैक ले शेयर बजार मा हकप्रद र एफपिओ बाट सङकलन गरेको पूँजी कुनै कृषकको तरकारी फर्म मा ऋण लगानी गरिरहेको छ भने यो कसरी अनुत्पादक भयो ? कुनै वित्तीय सस्थाले शेयर बजारबाट सङकलित पुँजी एउटा गार्मेन्ट उद्योगमा ऋण दिएको छ भने यसलाइ अनुत्पादक भन्न मिल्दैन । माथिल्लो तामाकोशी आयोजनाले सञ्चय कोषका सङकलनकर्ताहरुलाई शेयर जारी गरेर सङकलित पुँजीबाट आयोजना निर्माण गरिरहेको छ ।
त्यस कारण शेयर बजार पुँजी निश्क्रिय हुने क्षेत्र नभै पुँजीको तिब्र रुपमा परिचालन हुने क्षेत्र हो । अन्य क्षेत्रबाट सङ्कलन हुन नसक्ने पुँजी शेयर बजारमा सहजै सङकलन हुन्छ । कुनै सुचीकृत कम्पनी ले आफ्नो बिजनेस बढाउन शेयर जारी गर्ने योजना बनाएको हुन्छ।
त्यसैले शेयर बजार पुँजी सङकलन र परिचालनको पाइपलाइन हो । उर्जा मन्त्रालय जलविद्युत् आयोजना निर्माणमा जनताहरुले जनाएको शेयर खरिद प्रतिबद्धताबाट उत्साहित बनेको छ । केही समय अघि मन्त्रालयले आह्वान गरेको लगानी प्रतिबद्धतामा जनताबाट अरबौको लगानी इच्छा व्यक्त भएको छ ।
यसले जलविद्युत् आयोजनाको निर्माणमा सरकारले चासो दिएको छ । यति धेरै मात्रामा पुँजीको सङकलन अन्य क्षेत्रबाट असम्भव छ। जो शेयर बाट सजिलै सम्भब भयो । त्यसकारण प्रत्यक्ष रुपमा शेयर बजार अनुत्पादक क्षेत्र जस्तो देखिए पनि अप्रत्यक्ष रुपमा यो त्यस्तो होइन। यसलाइ अनुत्पादक क्षेत्र भन्नै मिल्दैन ।
हुन सक्छ दोस्रो बजारमा रहेका केही विकृती र सट्टेबाजीको नियमन आवश्यक छ । देश को आर्थिक परिस्थिति अनुसार दोस्रो बजारमा जाने मार्जिङ ल्यान्डिङको नीति फेर बदल गर्नु आवश्यक छ । तर शेयर बजारलाई सरकार ले जुँवा घर जस्तो व्यवहार गर्ने हो भने देशमा पुजि परिचालन र आर्थिक वृद्धि असम्भव छ ।
हामी राजनैतीक परिवर्तन पछि आर्थिक समृद्धिको गोरेटोमा हिड्दै छौ । यस समयमा पुँजी परिचालनको खम्बा को रुपमा रहेको शेयर बजारलाइ दरिलो बनाउनु आवश्यक छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस