Like us!
Follow us!
Connect us!
Watch us!

शृङ्खलाबद्ध बैठकपछि भारतको निर्णय—अब कुनै पनि पाकिस्तानीलाई भिसा छैन

अर्थ संसार

विहीबार, ११ बैशाख २०८२, ०७ : ०८ मा प्रकाशित

शृङ्खलाबद्ध बैठकपछि भारतको निर्णय—अब कुनै पनि पाकिस्तानीलाई भिसा छैन

जम्मू–कश्मीरको पहलगामस्थित बैसरण क्षेत्रमा भएको घातक आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा र तत्कालीन कदमहरू चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (CCS) को बैठकले पाँचवटा ठूला निर्णयहरू गर्दै पाकिस्तानसँगको कूटनीतिक र मानवीय सम्पर्कहरू सीमित गर्ने नीतिगत निर्णय लिएको हो।

बैठकले पहिलो निर्णय स्वरूप भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता स्थगन गर्ने घोषणा गर्‍यो। साथै, अटारी सीमाबाट हुने आवतजावतमा पूर्ण रोक लगाइएको छ। पाकिस्तानका नागरिकहरूमाथि तत्काल भिसा प्रतिबन्ध लगाउँदै ४८ घण्टाभित्र देश छाड्न निर्देशन दिइएको छ। अबको सूचना नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा जारी गरिने छैन।

भारतले पाकिस्तानस्थित आफ्ना दूतावास बन्द गर्ने निर्णय गरेको छ, र भारतस्थित पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ। पाकिस्तानका कूटनीतिज्ञहरूलाई सात दिनभित्र भारत छाड्न निर्देशन दिइएको छ।

हमलाको दोस्रो दिन बुधबार श्रीनगरदेखि दिल्लीसम्म उच्चस्तरीय बैठकहरू आयोजित भए, जसपछि प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक बसेको हो। करिब दुई घण्टा तीस मिनेट चलेको बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।

बैसरण उपत्यकामा आक्रमण हुँदा ठूलो संख्यामा पर्यटकहरू रहेका थिए। हमलामा २७ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते छन्। मृतकमध्ये उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु, र ओडिशाका नागरिकहरू छन्। साथै, नेपाल र युएईका एक–एक पर्यटक तथा दुई स्थानीय बासिन्दाले पनि ज्यान गुमाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको