Like us!
Follow us!
Connect us!
Watch us!

केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, ०७ : ४५ मा प्रकाशित

केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

भारतको ओडिसास्थित कलिंगा इंस्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईट) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु भएको विषयमा कूटनीतिक पहल गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले जनाएकी छिन् ।

तीन महिनाको अवधिमा दोस्री नेपाली छात्रा सो क्याम्पसको होस्टलमा मृत फेला परेकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार वीरगञ्जकी कम्प्युटर साइन्सकी विद्यार्थी आफ्नो कोठामा मृत फेला परेकी छिन् ।

ओडिसा सरकारले ती विद्यार्थीका अभिभावकलाई घटनाबारे जानकारी दिइएको बताएको छ । र स्थानीय पुलिसले घटनाबारे अध्ययन गरेको बताएको छ । परराष्ट्रमन्त्री देउवाले घटनाबारे दुःख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।

पर्साको वीरगञ्ज निवासी प्रिशा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रिशाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरु त्यहाँ पुगेपछि पोष्टमार्टम गर्ने तयारी छ । प्रिशाका परिवारका सदस्यहरु भारत प्रस्थान गरिसकेका छन् ।गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । विहीबार दोस्रो नेपाली विद्यार्थीको सोही विश्वविद्यालयमा मृत भेटिएकी हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको