Like us!
Follow us!
Connect us!
Watch us!

केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न सांसदहरुको माग

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, १४ : २५ मा प्रकाशित

केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न सांसदहरुको माग

राष्ट्रियसभा सदस्यले भारतको उडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन् । त्यहाँ जान चाहने विद्यार्थीलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन नहुनेमा पनि उनीहरूले जोड दिए ।

आइतबारको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा उनीहरूले केआईआईटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृंखलाबद्ध मृत्युले सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए ।राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका निम्ति एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआईआईटीका निम्ति एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन् । आकस्मिक समयमा जनता समाजवादी पार्टी, नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआईआईटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे ।

घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का गंगाकुमारी बेल्वासे र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सुमित्रा बिसी थिए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको