Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे मिर्मिरे लघुवित्तको तेस्रो त्रैमास - नाफासँगै घट्यो ईपीएस, खराब कर्जा १५% नजिक

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १४ : ०४ मा प्रकाशित

नेरुडे मिर्मिरे लघुवित्तको तेस्रो त्रैमास - नाफासँगै घट्यो ईपीएस, खराब कर्जा १५% नजिक

 नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अुनसार तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु घटेका छन् ।

यसअवधिमा खुद नाफा ७०.८० प्रतिशतले घटेर ५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा यसले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३२ रुपैयाँ ८१ पैसाबाट घटेर ५ रुपैयाँ ५२ पैसामा झरेको छ।

यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज १५ करोड ७० लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भएर झण्डै ३३ करोड रुपैयाँ पुगेकाले नाफा प्रभावित भएको हो। कम्पनीको खुद ब्याज आम्दानी भने ६४ करोड ५ लाख रुपैयाँबाट ५८ प्रतिशतभन्दा बढीले वृद्धि भएर १ अर्ब रुपैयाँ नाघ्दा सञ्चालन नाफा भने २५ करोड ६२ लाख रुपैयाँबाट घटेर साढे ७ करोड रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ भने जगेडा कोषमा ११ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ८.८३ प्रतिशतबाट वृद्धि भएर १४.८१ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ।

 




 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको