मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपछि बनेको मातृभूमि लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै साढे ११ करोड रुपैयाँबराबरको एफपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा संस्थाले ११ करोड ४९ लाख ९८ हजार २५९.७६ रुपैयाँबराबरको एफपीओ ल्याउनेछ।
संस्थाले १०० रुपैयाँ दरका कुल ११ लाख ४९ हजार ९८२.६० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।
संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस