Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तका सीईओ शर्माले दिए राजीनामा

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १२ : १४ मा प्रकाशित

मातृभूमि लघुवित्तका सीईओ शर्माले दिए राजीनामा

मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्।

शर्माले कात्तिक ३० गते दिएको राजीनामा मंसिर १ गते सम्पन्न सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ। बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटाललाई स्थायी सीईओको जिम्मेवारी प्रदान गरेको छ।

बैठकले शर्माको राजीनामा आज मंसिर २ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो भने बटालालाई पनि आजैको मितिदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको