Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, ०८ : ४३ मा प्रकाशित

स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय

स्वास्थ्य बीमा बोर्डमा देखिएको जनशक्ति अभाव समाधान गर्न सरकार अस्थायी दरबन्दी थप गर्ने निर्णयमा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषदले एक हजारभन्दा बढी अस्थायी जनशक्ति थप्न स्वीकृति दिएको हो।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डमा ४०२ जना अस्थायी जनशक्ति थप्ने निर्णय गरेको छ। तीमध्ये अधिकृतस्तरका ५६ जना र सहायकस्तर तथा श्रेणीविहीन ३४६ जना जनशक्ति समावेश छन्।

बोर्डमा हाल जनशक्ति अभावका कारण गत साउनसम्मका दाबीहरू मात्र मूल्यांकन सकिएको छ। बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएको जनशक्तिबाट चालु आर्थिक वर्षभित्र सबै बाँकी दाबीहरूको मूल्यांकन सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै, मन्त्रीपरिषदको निर्णयअनुसार देशका विभिन्न अस्पतालहरूमा समेत ठूलो संख्यामा अस्थायी जनशक्ति थप्ने निर्णय भएको छ।

  • सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा — १२९ जना

  • गेटा अस्पताल, धनगढी — १४१ जना

  • डडेलधुरा अस्पताल — ३१३ जना

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार संगठन तथा व्यवस्थापन संरचना पूर्ण नहुँदासम्म अस्थायी दरबन्दीमार्फत सेवा प्रवाहमा सहजता ल्याउने प्रयास गरिएको हो। “यसले बोर्ड र अस्पतालहरू दुवैमा सेवा सञ्चालनमा सहुलियत ल्याउने विश्वास लिइएको छ,” उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको