Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा अधिक तरलताको चाप यथावत - राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ तरलता उठाउँदै

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, १० : ४९ मा प्रकाशित

बैंकहरुमा अधिक तरलताको चाप यथावत - राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ तरलता उठाउँदै

नेपाल राष्ट्र बैंकले आज वैशाख २१ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ।  

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले उक्त निक्षेप संकलन २१ दिनको अवधिका लागि तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। सो रकम निक्षेप संकलन बोलकबोल उपकरणमार्फत उठाइनेछ, जसमा 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन सक्नेछन्।

बोलकबोल प्रणालीमा सहभागी संस्थाहरूले आफूले जम्मा गर्न चाहेको रकम र सोको लागि चाहिने ब्याजदर (दशमलवपछि चार अंकसम्म उल्लेख) पेश गर्नुपर्नेछ। यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। वैशाख लागेसँगै केन्द्रीय बैंकले पाँचाै पटक तरलता खिच्ने भएको हो । यसअगाडि ३ गते र ७ गते ३० अर्ब रुपैयाँ र १० गते ३५ अर्ब रूपैयाँ, १७ गते ५० अर्ब रूपैयाँ तरलता तानेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको