Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल बैंक र ब्याड बैंक स्थापना गर्ने सरकारको घोषणा

अर्थ संसार

शुक्रबार, १९ बैशाख २०८२, १६ : १० मा प्रकाशित

डिजिटल बैंक र ब्याड बैंक स्थापना गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयन थाल्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा लगिने बताएका हुन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ती र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्ती व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणा सरकारले गरेको हो । सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको हो । संसदमा सरकारको नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति पौडेलले नीतिगत र कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको