आज साताको पहिलो दिन सेयर बजार घटेर बन्द भएको छ । नेप्से आज ३.४४ अकंले घटेर २६२० बिन्दुमा बन्द भएको छ ।
आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको सेयर १.३५ प्रतिशतले घटेको छ । आइतबार ११७ कम्पनीको सेयरमूल्य बढ्दा १२८ कम्पनीको घटेको हो ।
आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस