Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानीमा सुधार, कति छ लाभांश क्षमता ?

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, १२ : १५ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको नाफासँगै  प्रतिसेयर आम्दानीमा सुधार, कति छ लाभांश क्षमता ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको यसै अवधिसम्म १० करोड ७२ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवमा ४० प्रतिशतभन्दा बढीले खुद नाफा बढेको हो। 

खुद ब्याज आम्दानी ४४ करोड ६१ लाखबाट बढेर ५३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यता, संस्थाले इम्पेयरमेन्ट चार्जमा ८ करोड ५८ लाख रुपैयाँ छुट्याएको छ । उक्त चार्ज गत वर्षको तुलनामा घटेको छ । त्यसैले नाफामा पनि सुधार देखिएको हो । 

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोष तथा रिटेन्ड अर्निङमा ६२ अर्ब ९१ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३२.३९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०१.६६ रुपैयाँ छ । निष्क्रिय कर्जा ४.४८ प्रतिशतमा झरेको छ । यस अवधिसम्म कम्पनीको कुल वितरणयोग्य नाफा (लाभांश क्षमता) ८ करोड ८७ लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको