Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३ प्रतिशतले वृद्धि, खुद नाफा ६ करोड २१ लाख

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, ०८ : ४९ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३ प्रतिशतले वृद्धि, खुद नाफा ६ करोड २१ लाख

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेखनीय नाफा आर्जन गरेको छ। संस्थाले सो अवधिमा ६ करोड २१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड ४ लाख ७७ हजार रुपैयाँ नाफा कमाएकोमा यो वर्ष नाफा ५३.६२ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक विवरणअनुसार, पहिलो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १३ करोड ७१ लाख ३५ हजार रुपैयाँबाट ६५.८४ प्रतिशतले बढ्दै २२ करोड ७४ लाख १९ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि १५ करोड ९४ लाख १२ हजार रुपैयाँबाट ५२.५३ प्रतिशतले वृद्धि भई २४ करोड ३१ लाख ५२ हजार रुपैयाँमा पुगेको छ।

गत वर्षको असोज मसान्तसम्म ५ करोड ७८ लाख २४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको ग्लोबल आइएमई लघुवित्तले यस वर्ष सोही अवधिमा ५३.८६ प्रतिशत वृद्धि गर्दै ८ करोड ८९ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।

नाफा र आम्दानी दुबै बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेखनीय सुधार भएको छ। गत वर्ष २६ रुपैयाँ १६ पैसा रहेको वार्षिक प्रतिशेयर आम्दानी यो त्रैमासमा बढेर ४० रुपैयाँ १९ पैसा पुगेको छ।

यता, संस्थाको खराब कर्जा अनुपात पनि घट्दै गएको छ। गत वर्षको सोही अवधिमा ४.३५ प्रतिशत रहेको खराब कर्जा दर घटेर यस वर्ष ३.९१ प्रतिशतमा सीमित भएको छ। संस्थाको प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ९ पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७४ करोड ३२ लाख ११ हजार रुपैयाँ सञ्चिति रहेको विवरणमा उल्लेख गरिएको छ। पहिलो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तले १० अर्ब ९ करोड २३ लाख ४४ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ भने ३ अर्ब ६९ करोड ९४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको