Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको १८औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार

बुधबार, ११ असार २०८२, १६ : ३२ मा प्रकाशित

हिमालयन लाइफको १८औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवालले गरे।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण, लाभांश वितरण, लेखापरिक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरू पारित गरियो।

अध्यक्ष अग्रवालले आगामी वर्षदेखि वार्षिक साधारणसभा समयमै आयोजना गरिने प्रतिबद्धता जनाउँदै सेयरधनीलाई उचित प्रतिफल उपलब्ध गराउने आश्वासन दिए। साथै, सभा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण शेयरधनीप्रति आभार व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सेयरधनीका जिज्ञासाहरूको जवाफ दिँदै कम्पनीका वित्तीय सूचकहरू सुदृढ रहेको जानकारी दिए। सभामा सहभागी भएका सेयरधनीहरूले चुनौतीपूर्ण परिस्थितिमा पनि कम्पनीले उचित लाभांश वितरण गर्न सफल भएकोप्रति सन्तोष व्यक्त गर्दै धन्यवाद दिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको