Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको तेस्रो त्रैमास - खराब कर्जा चुलिंदा नाफा प्रभावित, इपीएसमा पनि भारी गिरावट

अर्थ संसार

मंगलबार, २३ बैशाख २०८२, ११ : ५२ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको तेस्रो त्रैमास - खराब कर्जा चुलिंदा नाफा प्रभावित, इपीएसमा पनि भारी गिरावट

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

खुद​ नाफा

विवरण अनुसार यसअवधिमा कम्पनीले  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ लाख ६१ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको छ।  गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको ले खुद नाफा यस वर्ष ९८.७४ प्रतिशतले घटेको हो। गत वर्षको यसै अवधिसम्म कम्पनीले करीब ५ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

खुद ब्याज आम्दानी

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ३७ लाख रुपैयाँबाट बढेर करीब २५ करोड ५६ लाख रुपैयाँ पुग्दा सञ्चालन नाफा भने साढे ७ करोड रुपैयाँबाट घटेर साढे ९ लाख रुपैयाँभन्दा तल झरेको छ।

खराब कर्जा

यस वर्ष कम्पनीको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेपछि नाफा प्रभावित भएको हो।

प्रतिसेयर आम्दानी

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १४ रुपैयाँ १० पैसाबाट घटेर १८ पैसामा झरेको छ।

 चुक्ता पूँजी/जगेडा कोष

 चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा करीब १ करोड ७० लाख रुपैयाँ र रिजर्भमा १७ करोड रुपैयाँ सञ्चिति रहेको छ।

कर्जा प्रवाह/निक्षेप संकलन

कम्पनीले ५ अर्ब ६६ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेर १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

आधारदर/प्रतिसेयर नेटवर्थ

कम्पनीको आधारदर १२.९६ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७४ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको