इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा ज्ञानीश्वर पन्त नियुक्त भएका छन्।
कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
पन्त यसअघि सोही लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)का रूपमा कार्यरत थिए। उनीलाई जेठ २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।
ज्ञानीश्वर पन्तले लघुवित्त क्षेत्रमा लामो समयदेखि अनुभव संकलन गरेका छन् र संस्थाको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा कम्पनीले वित्तीय सेवा विस्तार र सामाजिक सशक्तिकरणमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस