नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा झरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस