Like us!
Follow us!
Connect us!
Watch us!

भारत–पाकिस्तान तनाव चुलिँदा दिल्ली उच्च सतर्कतामा, सुरक्षा व्यवस्था कडा

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०८२, ०७ : ५० मा प्रकाशित

भारत–पाकिस्तान तनाव चुलिँदा दिल्ली उच्च सतर्कतामा, सुरक्षा व्यवस्था कडा

भारत र पाकिस्तानबीचको तनाव ‘अपरेसन सिन्दूर’ पछि तीव्र बनेको छ। त्यसैको प्रतिक्रियामा भारतको राजधानी नयाँ दिल्लीमा उच्च सतर्कता जारी गरिएको छ। प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीद्वारा सवारी साधन र व्यक्तिहरूको कडाइका साथ निगरानी बढाइएको छ।

प्रमुख अपडेटहरू:

दिल्लीमा उच्च सतर्कता जारी
भारत गेटमा रहेका पर्यटकहरूलाई बिहीबार दिउँसो इलाका खाली गर्न आग्रह गरियो। प्रहरीका अनुसार, “यो सामान्य प्रक्रिया हो, जाम न्यूनीकरणका लागि गरिएको हो।” डिप्टी कमिश्नर देवेश महालाले बताए। यद्यपि, प्रहरीका अनुसार रातभर गस्ती बढाइनेछ र संवेदनशील क्षेत्रहरूमा अतिरिक्त फोर्स तैनाथ गरिनेछ।

सबै जिल्लाका प्रहरी प्रमुखहरू सतर्क
१५ वटै जिल्लाका डीसीपीहरूलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको छ। सबै विशेष आयुक्तहरू आफ्नो-आफ्नो क्षेत्रका डीसीपीहरूसँग बैठक गरिरहेका छन्।

पाकिस्तानको प्रतिक्रिया
पाकिस्तानले भारतीय सञ्चारमाध्यमहरूमा आएको समाचारलाई “पूर्णतः आधारहीन” भन्दै खारेज गर्‍यो। यसलाई “लापरवाह प्रचार रणनीति” भन्दै यस्तो व्यवहारले क्षेत्रीय शान्तिलाई खतरा पु¥याउने बतायो।

अमृतसरमा ब्ल्याकआउट र सतर्कता
अमृतसर प्रशासनले सबै नागरिकलाई घरमै बस्न, झ्याल ढोका बन्द गर्न, बत्ती निभाउन अपिल गरेको छ। “डराउन आवश्यक छैन, सुरक्षा निकाय आफ्नो काम गरिरहेका छन्,” डीपीआरओले भने।

पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण
पाकिस्तानबाट जम्मू, पठानकोट र उधमपुरस्थित सैन्य क्याम्पहरूमा ड्रोन र मिसाइल प्रहार भएको र भारतीय वायु रक्षा प्रणालीले ती हमलाहरू नाकाम गरेको रक्षा मन्त्रालयका प्रवक्ताले बताए।

५० भन्दा बढी ड्रोन नष्ट
गत रात पाकिस्तानले पठाएको स्वार्म ड्रोनहरू उधमपुर, जम्मू, नागरोटा, पठानकोट आदि क्षेत्रमा भारतीय सेनाले सटीक रूपमा खसालेको थियो। एल-७०, जेडयू-२३एमएम, शिल्का लगायत आधुनिक प्रणाली प्रयोग गरिएको थियो।

अमेरिकाको प्रतिक्रिया
अमेरिकी उपराष्ट्रपति जे डी भ्यान्सले एक अन्तर्वार्तामा भने, “भारत–पाक युद्धमा अमेरिका संलग्न हुने पक्षमा छैन। हामी दुई पक्षलाई तनाव कम गर्न प्रोत्साहित गर्न सक्छौं, तर नियन्त्रण गर्न सक्दैनौं।”

पाकिस्तानी फाइटर जेट खसालियो
शुक्रबार पठानकोट क्षेत्रमा भारतीय वायु रक्षा प्रणालीले पाकिस्तानी वायुसेनाको एक लडाकु विमान खसालेको बताइएको छ। यद्यपि, आधिकारिक पुष्टि हुन बाँकी छ।

गृहमन्त्रीको उच्चस्तरीय सुरक्षा बैठक
भारतका गृह मन्त्री अमित शाहले सीमा सुरक्षा बलका निर्देशकहरूसँग समीक्षा बैठक गरे। बैठकमा भारतको तयारी, मिसाइल प्रतिकार प्रणाली, र क्षतिको मूल्याङ्कन गरिएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको