प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा सामान्य बढेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २७ करोड ७ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ०.६७ प्रतिशत बढी खुद नाफा गरेको हो।
गत वर्ष ८ अर्ब ९१ करोड रूपैयाँ रहेको जीवन बीमा कोष यस वर्ष ४३.६१ प्रतिशतले बढेर १२ अर्ब ८० करोड रुपैयाँ नाघेको छ। यस वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २ अर्ब ९६ करोड रुपैयाँबाट बढेर करीब साढे ३ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको कुल आम्दानी १६.८० प्रतिशतले बढ्दा कुल खर्च १७.७२ प्रतिशतले वृद्धि भएको छ।
गत वर्ष ३ अर्ब ८९ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ४ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ भने गत वर्ष ३ अर्ब ६२ करोड रुपैयाँ कुल खर्च गरेको कम्पनीले यस वर्ष ४ अर्ब २६ करोड रूपैयाँ खर्चिएको छ।चुक्ता पूँजी ४ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा करीब साढे १० करोड रूपैयाँ, जगेडा कोषमा करीब साढे ७९ करोड रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष ८ रुपैयाँ ३५ पैसा रहेकोमा चालू आवमा घटेर ७ रुपैयाँ ६४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस