Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १८ बैशाख २०८२, ०९ : ५८ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको ७ लाख ३८ हजार ५०० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। कम्पनीका अनुसार सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

इच्छुक संस्थापक सेयरधनीले उक्त अवधिभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको