प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत गरि कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीको खातामा जम्मा हुने प्रावधान छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस