Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १० : ३१ मा प्रकाशित

आइतबार घट्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको