हिमालयन हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनीको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले विद्युत नियमन आयोगमा पूर्व स्वीकृतिका लागि निवेदन दिने निर्णय पनि गरेको छ।
बैंकको कर्जा घटाएर लगानीकर्तालाई लाभांश वितरण गर्न सहज बनाउन हकप्रद ल्याउन लागेको कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस