Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

अर्थ संसार

आइतबार, १९ असार २०७९, १७ : ३८ मा प्रकाशित

हिमालयन हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्यकै भर

हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि आज (असार १९ गते, आइतबार) सम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म मागभन्दा १०.०६ गुणा बढी आवेदन परेकाे छ । 

सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा आज साँझ ५ बजेसम्म १६ लाख २६ हजार ३ सय ४० जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रूपैयाँ बराबरकाे १ करोड ८४ लाख १९ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई लिमिटेड रहेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको