Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीको लोभलाग्दो प्रगति - २५१ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर आम्दानीमा करिब २३ रुपैयाँको वृद्धि

अर्थ संसार

सोमबार, २९ बैशाख २०८२, १० : १६ मा प्रकाशित

हिमालयन डिष्टिलरीको लोभलाग्दो प्रगति - २५१ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर आम्दानीमा करिब २३ रुपैयाँको वृद्धि

हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २५१.३२ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले २१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ५६.९७ प्रतिशतले बढेर ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको इपीएस ९.१३ बाट बढेर ३२.०८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११९.७७ बाट बढेर १२८.८९ रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको