Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिष्टिलरीले घोषणा गर्यो २५ प्रतिशत लाभांश

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, १० : ३५ मा प्रकाशित

हिमालयन डिष्टिलरीले घोषणा गर्यो २५ प्रतिशत लाभांश

हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफा तथा संचित मुनाफाबाट हालको चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक ३० गते आइतबार बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२१, लिपनिविर्तास्थित रजिष्टर्ड कार्यालयमा वार्षिक साधारण सभा आह्वान गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। सो दिनसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्ने तथा साधारण सभामा सहभागिता जनाउन योग्य हुनेछन्।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको