नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले नगद र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस