Like us!
Follow us!
Connect us!
Watch us!

उच्च अकंले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १० : ४४ मा प्रकाशित

उच्च अकंले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा ३ हजार ५०० रुपैयाँले ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला  १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी १ हजार ९२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको