Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन,मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर हुन्छ - प्रधानमन्त्री

अर्थ संसार

विहीबार, ०१ जेठ २०८२, १३ : १६ मा प्रकाशित

राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन,मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर हुन्छ - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा कुनै पनि व्यक्तिलाई निजी निकटता होइन, योग्यताको आधारमा नियुक्त गर्नुपर्ने धारणा राखेका छन्।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै उनले आफू मेरिटोक्रेसीको पक्षमा रहेको स्पष्ट पारे। 'राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन,' प्रधानमन्त्री ओलीले भने, 'मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र होइन। त्यसैले सकेसम्म मेरिटोक्रेसीलाई नै महत्व दिन्छु।'

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पनि सिफारिस समितिको सुझावअनुसार मात्र क्षमता भएका व्यक्तिहरूको नियुक्ति भएको बताए।

'एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको हुँ,' उनले भने, 'तर अरु पदाधिकारीसँग मेरो व्यक्तिगत चिनजान छैन।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको