नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन यसै सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने हाल प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस