काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले उनीहरूमाथि भइरहेको अनुसन्धानका लागि हिरासत अवधि थप गर्न अनुमति दिएको हो। प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको राजद्रोह, आपराधिक उपद्रव र बैंकिङ कसुरसम्बन्धी अभियोगमा अनुसन्धान भइरहेको छ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनमा उनी प्रमुख कमाण्डरको भूमिकामा रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो। उक्त प्रदर्शन हिंसात्मक बनेपछि उनीसहितका व्यक्तिहरू पक्राउ परेका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस