Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको मूल्यमा सामान्य बृद्धि, अब प्रतितोला कति ?

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १० : ३६ मा प्रकाशित

आज सुनको मूल्यमा सामान्य बृद्धि, अब प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला ६  सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो यो मूल्य १ लाख ८४ हजार २ सय रुपैयाँ थियो। मूल्यमा आएको सानो वृद्धि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभावका कारण भएको अनुमान गरिएको छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ९४५ रुपैयाँमै कारोबार भइरहेको छ, जुन हिजोको मूल्यसँग समान हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको