Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर कम्पनी — वित्तीय लागत घट्दा बढ्यो नाफा,हेरौं कुन कम्पनीको वित्तीय रिपोर्ट कस्तो ?

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, १३ : ३९ मा प्रकाशित

हाइड्रोपावर कम्पनी —  वित्तीय लागत घट्दा बढ्यो नाफा,हेरौं कुन कम्पनीको वित्तीय रिपोर्ट कस्तो ?

आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा हाइड्रोपावर कम्पनीहरूको वित्तीय अवस्थामा सुदृढ बनेको देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ मध्ये ८९ वटा जलविद्युत् कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, चालु आवको पहिलो ९ महिनामा सामूहिक रूपमा १ अर्ब ४४ करोड १६ लाख रुपैयाँभन्दा बढी नाफा कमाएका छन्। जबकि गत वर्षको सोही अवधिमा यी कम्पनीहरूको सामूहिक नाफा ऋणात्मक १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।

नाफा गर्ने कम्पनीहरू बढे, घाटामा रहेका घटे

यो अवधिमा ५८ वटा कम्पनी नाफामा उक्लिएका छन्, जसमा ३१ कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ। घाटामा रहेका कम्पनीको संख्या भने घटेर ४३ बाट ३१ मा झरेको छ।

जलविद्युत् कम्पनीहरूको आम्दानीमा देखिएको सुधारको प्रमुख कारण विद्युत बिक्रीमा भएको वृद्धिलाई मानिएको छ। चालु आवको पहिलो ९ महिनामा कम्पनीहरूले विद्युत बिक्रीबाट २८ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा विद्युत बिक्रीबाट २५ अर्ब ७२ करोड रुपैयाँ आम्दानी भएको थियो।

ब्याजदरको गिरावटले पनि राहत

ब्याजदरमा आएको गिरावटले पनि हाइड्रोपावर कम्पनीहरूको लाभमा महत्वपूर्ण योगदान दिएको देखिन्छ। विगतमा उच्च ब्याजदरका कारण वित्तीय दायित्व बोकेको यस क्षेत्र, अहिले ब्याजदर घटेसँगै लागत घटाउँदै नाफा बढाउन सफल भएको हो।

नाफामा अगाडि रहेका कम्पनीहरू

तेस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने कम्पनीमा साहज उर्जा अगाडि रहेको छ। कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७४.४५ प्रतिशतले वृद्धि हो।

अन्य प्रमुख कम्पनीहरूको नाफा यसप्रकार छ:

  • चिलिमे हाइड्रोपावर – ५० करोड ७८ लाख (८.९४% वृद्धि)

  • माउन्टेन इनर्जी – ४६ करोड ५० लाख (५०.४५% वृद्धि)

  • ग्रिन भेन्चर्स – ३७ करोड ३५ लाख (४३.४३% वृद्धि)

  • अपि पावर – ३५ करोड ३४ लाख (६८९% वृद्धि)

सर्वाधिक नाफा वृद्धिदर भएका कम्पनीहरू

नाफा वृद्धिमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीले ५७९९ प्रतिशत नाफा वृद्धि गर्दै ३४ करोड १८ लाख रुपैयाँ कमाएको छ।

  • आँखुखोला हाइड्रोपावर – १२०९% वृद्धि, ३ करोड ३६ लाख

  • हिमालयन हाइड्रोपावर – १०६०% वृद्धि, ६ करोड ४१ लाख

घाटामा रहेका प्रमुख कम्पनीहरू

  • अप्पर तामाकोशी – २ अर्ब ६ करोड घाटा (गत वर्ष १ अर्ब ३९ करोड घाटा)

  • माउन्टेन हाइड्रोपावर – ३९ करोड २७ लाख

  • बलेफी हाइड्रोपावर – ३२ करोड ६६ लाख

  • सान्जेन जलविद्युत – २४ करोड २८ लाख

  • मेन्छियाम – १८ करोड ३२ लाख

  • रसुवागढी – १४ करोड ६० लाख

  • पिपुल्स हाइड्रो – १३ करोड ५२ लाख

  • मोदी इनर्जी – ७ करोड ४५ लाख

ईपीएसमा पनि साहज उर्जा अगाडि

साहज उर्जा नाफाका साथै प्रतिसेयर आम्दानी (EPS) मा पनि सबैभन्दा अगाडि रहेको छ। कम्पनीको ईपीएस २९.४२ रुपैयाँ पुगेको छ।

अन्य उच्च ईपीएस भएका कम्पनीहरू:

  • माउन्टेन इनर्जी – १७.८७ रुपैयाँ

  • नेपाल हाइड्रो डेभलोपर्स – १७.११ रुपैयाँ

  • रुरु जलविद्युत – १६.५० रुपैयाँ

  • मिड सोलु हाइड्रो – १५.५२ रुपैयाँ

  • माण्डू हाइड्रोपावर – १४.६९ रुपैयाँ

  • युनाइटेड इदि मार्दी – १४.१३ रुपैयाँ

ईपीएस ऋणात्मक हुने कम्पनीहरूमध्ये मेन्छियाम हाइड्रोपावर सबैभन्दा पछाडि रहेको छ, जसको ईपीएस ऋणात्मक ४५.०३ रुपैयाँ रहेको छ।

अन्य ऋणात्मक ईपीएस भएका कम्पनीहरू:

  • माउन्टेन हाइड्रोपावर – ऋणात्मक ३१.४२ रुपैयाँ

  • बलेफी हाइड्रोपावर – ऋणात्मक १५.९८ रुपैयाँ

  • खानीखोला हाइड्रोपावर – ऋणात्मक १०.५७ रुपैयाँ

नेटवर्थमा बुटवल पावर अगाडि

प्रतिसेयर नेटवर्थ मा बुटवल पावर कम्पनी अगाडि रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीको नेटवर्थ २०७.६० रुपैयाँ रहेको छ। यो अवधिमा ४० कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा माथि रहेको छ भने ४८ कम्पनीको नेटवर्थ सो स्तरभन्दा तल छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको