Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, १० : ४७ मा प्रकाशित

एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ९९० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले मूल्यवृद्धिको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मूल्य उकासिने प्रवृत्ति रहेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको