Like us!
Follow us!
Connect us!
Watch us!

१० महिनामा सरकारले उठायो ४ खर्ब ऋण, ३ खर्बभन्दा बढी साँवा–ब्याज भुक्तानी, कुल ऋण २६ खर्ब नाघ्यो

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १२ : ३४ मा प्रकाशित

१० महिनामा सरकारले उठायो ४ खर्ब ऋण, ३ खर्बभन्दा बढी साँवा–ब्याज भुक्तानी, कुल ऋण २६ खर्ब नाघ्यो

सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब ४ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण उठाएको छ, जसको बदलामा ३ खर्ब ८ अर्ब रुपैयाँ हाराहारीको साँवा र ब्याज भुक्तानी गरेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको वैशाख मसान्तसम्मको प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो। १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड रुपैयाँ थपिएर वैशाख मसान्तसम्ममा कुल ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (GDP) को ४२.९४ प्रतिशत हो।

कर्जाको बनावट हेर्दा:

  • वैदेशिक ऋण: ५१.६९% (१३ खर्ब ५५ अर्ब ६९ करोड)

  • आन्तरिक ऋण: ४८.३१% (१२ खर्ब ६६ अर्ब ७० करोड)

वैशाख महिनामा ऋण भन्दापनि भुक्तानी बढी भएकाले कूल ऋण दायित्व अघिल्लो चैतको २६ खर्ब ६७ अर्ब बाट घटेको हो।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। वैशाख मसान्तसम्ममा ३ खर्ब ९० अर्ब ८३ करोड ऋण उठाइएको छ, जुन लक्ष्यको ७१.४५ प्रतिशत हो।

  • आन्तरिक ऋण प्राप्ति: ९१.२५%

  • बाह्य ऋण प्राप्ति: ४१.३३%

सरकारले लक्ष्यअनुसार:

  • आन्तरिक ऋण: ३ खर्ब ३० अर्ब मध्ये हालसम्म ३ खर्ब १ अर्ब १४ करोड

  • बाह्य ऋण: २ खर्ब १७ अर्ब मध्ये हालसम्म ८९ अर्ब ६८ करोड मात्र उठेको छ

यस वर्ष सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीका लागि छुट्याइएको ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ बजेटमध्ये वैशाख मसान्तसम्ममा ७६.४९% अर्थात् ३ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ खर्च भइसकेको छ।

कुल गार्हस्थ्य उत्पादनको आधारमा यो ५.०५ प्रतिशत बराबरको ऋण सेवा खर्च हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको