Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगे उर्जामन्त्री, लोडसेडिङको अफवाहप्रति सजग रहन आग्रह

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०७ : २७ मा प्रकाशित

प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगे उर्जामन्त्री, लोडसेडिङको अफवाहप्रति सजग रहन आग्रह

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले आइतबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । 

मन्त्री खड्काले देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिएको जानकारी दिदै केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेको आरोप लगाएका छन् ।

उनले भने- 'हाल देशमा उत्पादन भइरहेको विद्युतले आन्तरिक माग पूरा गर्न पर्याप्त रहेको छ। केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइरहेका छन्, जुन पूर्णतः भ्रामक र आधारहीन छ ।'

उनले मौसमजन्य घटनाका कारण कहिलेकाहीं केही क्षण समस्या देखिए पनि तिनको तत्काल समाधान भइरहेको बताए ।  साथै उनले सबै प्राविधिक र कर्मचारीहरू जिम्मेवार ढंगले आफ्नो कार्यमा खटिरहेको र बजारमा फैलिने अपुष्ट सूचना र अफवाहप्रति सजग रहन पनि सबैमा आग्रह गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको