Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका नयाँ गभर्नरलाई उर्जा उद्यमी न्यौपानेको खुला पत्र: मौद्रिक नीतिमा सुधारको माग

अर्थ संसार

शुक्रबार, ०९ जेठ २०८२, ०७ : ३२ मा प्रकाशित

राष्ट्र बैंकका नयाँ गभर्नरलाई उर्जा उद्यमी न्यौपानेको खुला पत्र: मौद्रिक नीतिमा सुधारको माग

नेपाल राष्ट्र बैंकको १८ औं गर्भनरको पदमा मिति २०८२ जेष्ठ ५ मा डा. विश्वनाथ पौडेल नियुक्त हुनु भएको छ । नवनियुक्त गर्भनरलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

नेपालको अर्थव्यस्थामा विद्यमान सिथिलतालाई चिर्दै द्रुत आर्थिक विकासका लागी वाहाँको कार्यकाल सफल हुने आशा लिएको छु । नवनियुक्त गर्भनरको कार्यकालमा नीजिक्षेत्रको लागी लगानी मैत्री मौद्रिक नीति तर्जुमा हुनेछ भन्ने आशा गरेका छौं । अबको मौद्रिक नीतिले स्वदेशी लगानीको प्रवद्र्धन गर्न सकोस भन्न चाहन्छु । लगानीकर्ताहरुलाई माफिया, दलाल, चोर आदि विशेषणबाट सम्बोधन गर्न अका दिनहरुमा बन्द हुने आशा गरेको छु । उद्योगपति÷व्यसायीले व्यबसाय गर्दा सानो ठुलो त्रुटी वा गल्ती वा कमजोरी हुन सक्तछन । मामुली कसूरमा जेलको सजाय हुने कानूनमा सुधार गरी व्यबसायीको मनावल उच्च राख्ने काम गर्न सरकारलाई सल्लाह र सुम्माव दिनुहोस भन्न चाहन्छु ।

अबको मौद्रिक नीतिले स्वदेशी लगानीको प्रवद्र्धन गर्न सकोस् 

देशमा विदेशी मुद्राको संचय भण्डार भरिएको छ । यो संचित विदेशी मुद्राको सदुपयोग गरी राष्ट्रिय हीतमा लगानी हुने नीति बनाई दिनुहोस । देशमा पर्यटनको विकासको लागी धेरैवटा आधुनिक हवाईजहाजहरुको आवष्यकता छ । हवाई जहाज खरीद गर्न पर्यटन व्यबसायीहरुलाई सरल व्याज तथा करमा छुट दिएर हवाई पर्यटनको विकास गरौं भन्न चाहन्छु । नेपाल बायु सेवाले विदेशबाट जहाज खरीद गर्न विदेशी मुद्रामा लिएको ऋण चुक्ता भुक्तानी गरि दिनुहोस । नयाँ उद्योगलाई चाहिने मेसिनरीहरु आयात गर्न सरल बनाई दिनुहोस र विदेशी मुद्राको भण्डारमा ६ महनिाको बस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने हुँदा बढी संचितिलाई लगानीमा परिणत गरौं । निर्माणको लागी आधुनिक उपकरणहरु आयात गरौं । देशमा नयाँ चिनी मिल स्थापना गरौं आदि ।

लगानीकर्ताहरुलाई माफिया, दलाल, चोर आदि विशेषणबाट सम्बोधन गर्ने दिन अब अन्त्य हुनुपर्छ।"

नेपाल राष्ट्र बैंकले गरेको प्रतिवद्धता पुरा गरि दिनु होस । कृषकलाई कृषि ऋणमा दिने भनेका व्याज अनुदानको रकम बैंकहरुलाई निकासा गरि दिनुहोस । निर्यातमा दिने भनेको नगद अनुदानको रकम सबै व्यबसायीले तुरुन्त पाउने व्यबस्था गरि दिनुहोस । सरकारबाट पछि सोध भर्ना लिनु होला । सरकारले वजेट वक्तव्य मार्फत प्रतिवद्धता जाहेर गरेका कुराहरु समयवद्धढंगले पुरा गर्न सल्लाह दिनुहोस । जलविद्युत आयोजना निर्माण गर्ने कम्पनीहरुलाई मूल्य अभिवृद्धि कर बापतको रकम छुट फिर्ता दिने भनेकोमा सो सुविधा उपलव्ध गराउन सरकारलाई सल्लाह दिनु होस ।

बैंकर र उद्योग व्यवसायीलाई अलग गर्ने कुरा राम्रो हो – तर संस्थापक शेयर बिक्रीको सुविधा पनि दिइयोस्।

कर्जाको वीमा व्यबस्थामा सुधार गरि दिनुहोस । वीमाको नाममा लुट भईरहेको छ । पिडित उद्योगपति र व्यापारीले आफनो नोक्सानीको वीमा बाट क्षतिपूर्ति पाईरहेका छैनन ।

बैंकहरुले औषत भारित कर्जा दरमा प्रिमियम जोडी व्याज लिने गरेका छन । यो प्रिमियमको दरमा एकरुपमा कायम गरि दिनुहोस ।

बैंकर र उद्योग व्यबसायी लाई अलग गर्ने कुरा राम्रो हो । पुराना व्यबसायीले बैंक तथा वित्तिय संस्थाहरुको स्थापनाको लागी संस्थापक शेयरमा गरेको लगानी बिक्री गरेर बाहिर आउने व्यबस्था गरिदिनुहोस । संस्थापक शेयरको लकईन राख्ने कुरा बन्द गरि दिनुहोस । कोठाको ढोका थुनेर बिरालो कुटने काम बन्द गरि दिनुहोस । लघु वित्त संस्थाहरुको कर्जाको अवस्था राम्रो छैन । सुधारका कार्यक्रमहरु लागू गरि दिनु होस ।

विकास बैंकहरुलाई पूर्वाधारका परियोजना विकास तथा लगानीका परियोजनाहरु तैयार गरेर तीनमा लगानी जुटाउने काममा संलग्न गराऔं । पूर्वाधार विकास बैंकलाई काम गर्न सजिलो हुने कानून र बातावरण बनाई दिनुहोस । भारतको अनुभवाट पूर्वाधारका लागि साधन परिचालन गर्न सिकौं । सडक पूलको मर्मत तथा संभारको कर लगाऔं र यो रकम तत्कालमा मर्मतको काममा लगाऔं । जलविद्युत विकास तथा लगानी कम्पनीलाई कृयासिल बनाउनुहोस ।

अब जलाशययुक्त आयोजना निर्माण गरेर हिउंदमा लोडसेडिंग अन्त्य गरौं

नीजि सरकारी साझेदारीमा आयोजनाहरु निर्माणको काम सुरु गर्नु होस । जलविद्युत आयोजनाको विद्युत माग भएको ठाँऊसम्म पु¥याउन आवष्यक उच्च भोल्टेज क्षमताका ट्रान्समिशनलाईन आयोजनाहरु बनाई संचालन गर्न नीजिक्षेत्रसंग मिलेर सहकार्य गरौं । जलाशययुक्त आयोजना निर्माण गरेर देशमा हिउंदका महिनाहरुमा लोड सेडिंग हुन बाट बचाऔं । नेपाल भारत जोडने दोश्रो क्रस बोर्डर ट्रान्समिशनलाईन र MCC ले बनाई रहेको उच्च भोल्टेज लाईन सीघ्र निर्माण गरौं । यसबाट देशको विद्युत निर्यातमा वृद्धि भई विदेशी मुद्रा आर्जनमा वृद्धि हुनेछ र वैदेशीक व्यापार घाटा काम गर्न सहयोग पुग्नेछ ।

स्थानीय संघिय सरकारका दर्ता भई कर तिरिरहेका कम्पनी तथा संस्थानहरुलाई दोहोरो कर लिने प्रचलन बन्द गरौं । जलविद्युत आयोजनामा स्थानीय सरकारले दोहोरो कर लगाई रहेका छन् ।

मौद्रीक नीतिमा सुम्माव दिनको लागी एक समूह बनाई भेटवार्ताको बातावरण बनाई दिनुहोस भनी आग्रह गर्न चाहन्छु । हालसम्म मौद्रीक नीतिका लागी दिएका तर कार्यान्वयन नभएका सुम्मावहरु संकलन गरेर एक पुस्तक बनाई प्रकाशित भए राम्रो हुने थियो ।

गुरु प्रसाद न्यौपाने
स्वतन्त्र ऊर्जा उत्पादक

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको