Like us!
Follow us!
Connect us!
Watch us!

अनिल केशरी शाहको राजीनामा रास्वपाले स्वीकृत, पार्टीमै रहने

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०७ : ३२ मा प्रकाशित

अनिल केशरी शाहको राजीनामा रास्वपाले स्वीकृत, पार्टीमै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरिएको छ। आइतबार सम्पन्न रास्वपाको केन्द्रीय समिति बैठकले शाहको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको हो।

पूर्व बैंकरसमेत रहेका शाहले केही दिनअघि प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी त्याग्ने निर्णय गर्दै राजीनामा दिएका थिए। यद्यपि, उनले पार्टीमा क्रियाशील रहिरहने स्पष्ट संकेत दिएका छन्।

रास्वपाले शाहलाई २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुखको रूपमा नियुक्त गरेको थियो। पार्टी प्रशिक्षण र सांगठानिक विकासमा सक्रिय भूमिका निर्वाह गरेका शाहले अब साधारण सदस्यका रूपमा पार्टीको काममा साथ दिने बताएका छन्।

पार्टीभित्रको जिम्मेवारीबाट पछि हटे पनि अनिल केशरी शाहको सक्रियता पार्टी र राजनीति दुवैमा कायमै रहने देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको