सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो चाँदी प्रतितोला २ हजार ५ रूपैयाँमा किनबेच भएकोमा आज पनि त्यही मूल्य कायम छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस