Like us!
Follow us!
Connect us!
Watch us!

रविपत्नी निकिता भन्छिन् - जिउँदो लाश भएर हिँडेकी छु,अब न्याय माग्न कहाँ जाऊँ ?

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १७ : ०९ मा प्रकाशित

रविपत्नी निकिता भन्छिन् - जिउँदो लाश भएर हिँडेकी छु,अब न्याय माग्न कहाँ जाऊँ ?

सहकारी बचत रकम अपचलनसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछानेका पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न न्याय दिएको न मानवीय व्यवहार देखाएको भन्दै टिप्पणी गरेकी छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) सम्बन्धी रिटको सुनुवाइका क्रममा अदालतले कुनै प्रकारको न्याय प्रदान नगरेको बताएकी हुन्।

उनले लेखेकी छन्, 'अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन।'

निकिताले गैरकानुनी रूपमा गरिएको पक्राउबारे अदालतमा दर्ता गरिएको रिटमाथि सर्वोच्चले कुनै प्रतिक्रिया नजनाएको आरोप लगाएकी छन्। उनले लेखेकी छन्, 'नियत राखेर थुनियो, गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको