आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक शुरु हुदैछ ।
बैठकमा पर्यटन, उर्जा, वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरको कार्यक्रम रहेको छ भने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०८१-८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची समेत रहेको छ ।
त्यसैगरी आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस