Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट

अर्थ संसार

मंगलबार, २८ असोज २०८२, ११ : ५८ मा प्रकाशित

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। मंगलबार बिहान संसद् विघटनविरुद्ध रिट दायर भएको हो ।

मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ। 

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गर्दै आगामी फागुन २१ गते मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। यससम्बन्धी दायर सबै रिटमाथि अध्ययन भइरहेको सर्वोच्च अदालतको प्रशासनले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको